कहाँ- कति लामो रोजा ?

काठमाडाैं । अहिले मुस्लिम धर्मावलम्बीहरु एक महिना लामो रमजानमा छन । यो पर्वमा दिनभर निराहार व्रत बसिन्छ । कठोर मानिने यो पर्वमा दिनका हिसाबले निराहार बस्ने समय ठाउँ अनुसार फरक- फरक हुन्छ । रमजानमा इस्लाममा विश्वास गर्नेहरू सूर्योदयदेखि सूर्यास्तसम्म पानी समेत पिउँदैनन् । हेरौं यस पटक सबैभन्दा लामो रोजा कहाँ छ ?
नर्वेको सहर ओस्लोमा विश्वको सबैभन्दा लामो रोजा चल्नेछ किनभने त्यहाँ अहिले १६ घण्टा २६ मिनेट को एक दिन हुन्छ ।
अहिले बेलायतको राजधानीमा उपवास बस्नेहरुले १५ घण्टा ५५ मिनेटको व्रत बसिरहेका छन् । इस्तानबुलमा उपवासको लम्बाइ १४ घण्टा ३० मिनेट छ । अमेरिकी सहर न्युयोर्कमा १४ घण्टा ११ मिनेटको व्रत बस्नु पर्छ ।
मक्कामा उपवासको अवधि १३ घण्टा ४४ मिनेट छ । यसैगरि नाइजेरियाको लागोस सहरमा उपवासको अवधि १३ घण्टा २९ मिनेट छ ।
इन्डोनेसियाको राजधानी जकार्ताको रोजा १३ घण्टा १० मिनेटको छ । अष्ट्रेलियाको मेलबर्न सहरमा रोजा बस्नेहरुले १२ घण्टा ५५ मिनेट निराहार बस्नुपर्नेछ ।
प्रतिक्रिया