सोमबार, वैशाख १५, २०८२

अमेरिकाका चर्चहरुमा सय भन्दा बढी मानिस जम्मा हुन नपाइने

नेपालखोज २०७७ जेठ १३ गते १३:१५

काठमाडौँ । अमेरिकाकाको क्यालिफोर्नियामा चर्चहरुका लागि नयाँ नियम ल्याइएको छ । अब चर्चहरुमा सय भन्दा बढी मानिस जम्मा हुन मनाही गरिएको छ ।

व्यक्तिगत प्राथनाका लागि भने जान सकिन्छ । अमेरिकाको जनस्वास्थ्य विभागले धार्मिक स्थल खोल्ने अनुमति दिइसकेको छ ।

अमेरिाकामा अहिलेसम्म १६ लाख ६२ हजार बढी संक्रमित छन् भने ९८ हजार बढीको मृत्यु भइसकेको छ ।

अमेरिका विश्वमा सबैभन्दा बढी कोरोनाबाट ज्यान गुमाउने पहिलो देश हो । संक्रमित संख्यामा पनि अमेरिका अगाडि छ । -एजेन्सी

प्रतिक्रिया