निराको हत्यामा संलग्न भएको आरोपमा एक युवक पक्राउ

काठमाडौँ । कपनस्थित सरस्वती नगरमा निरा पाण्डे आचार्यको हत्यामा संलग्न भएको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ । हत्यामा संलग्न भएको आरोपमा विनोद विकलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ ।
अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार ती युवक झापाको धुलाबारीका स्थानीय हुन् । आरोपीको विस्तृत विवरण खुलिसकेको छैन । घटनाबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले केन्द्रिय अनुसन्धान ब्यूरोकी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरेको छ ।
वैशाख ७ मा सामान किनेको पैसा बुझाउन जाँदा एकजना महिलाले काउन्टरमा ३५ वर्षीया निरा रगतपच्छे भएर ढलेको देखेपछि परिवारलाई खबर गरेकी थिइन् । उनको शरीरको २० ठाउँमा चक्कुले हानेर हत्या गरिएको थियो ।
हत्याबारे केन्द्रिय अनुसन्धान ब्यूरो, उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टिमले अनुसन्धान गरेको थियो ।
प्रतिक्रिया