जावलाखेलले एनआरटीसँग १-१ को बराबरी खेल्याे
नेपालखोज
२०८० जेठ ५ गते १८:१८
काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिगकाे आजकाे खेलमा जावलाखेल न्यु रोड टिम (एनआरटी) सँग १-१ को बराबरी खेलेकाे छ । दशरथ रंगशालामा सम्पन्न खेलमा जावलाखेल न्यु रोड टिम (एनआरटी) सँग १-१ को बराबरीमा रोकिएको हो ।
यस बराबरीसँगै एनआरटी १९ खेलमा २३ अंकका साथ सातौं स्थानमा उक्लिएको छ । जावलाखेल भने १९ खेलमा ३२ अंकका साथ दोस्रो स्थानमा यथावत छ । ३७ औं मिनेटमा सुनिल खड्काले जावलाखेललाई अग्रता दिलाएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया