स्वास्थ्य चौकीमा आगलागी
नेपालखोज
२०८० जेठ ७ गते ९:४२

काठमाडौँ । गोरखाको एक स्वास्थ्य चौकीमा आगलागी भएको छ । जिल्लाको गोरखाको शहीद लखन गाउँपालिका-७ को बुंकोट स्वास्थ्य चौकीमा बिहान आगलागी भएको हो ।
आगलागीबाट प्रशासन, स्टोर र आवास कोठा जलेर पूर्णरुपमा क्षति भएको वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । उनकाअनुसार स्टोरको औषधि, अक्सिजन कन्सलटेटरलगायतका सामाग्री पनि आगलागीले क्षति पुर्याएको छ ।
आगलागीले ५० लाखभन्दा बढी भएको क्षति भएको छ र के के सामाग्रीमा क्षति पुग्यो भन्ने विवरण सङ्कलन भइरहेको छ । बिहान करिब साढे ४ बजे विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।
आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना बुंकोट पुगेका छन् ।
सम्बन्धित
प्रतिक्रिया