जीवन कडा परिश्रम र कर्तव्यको नाम हो : लर्ड बायरन

लर्ड बायरनलाई अङ्ग्रेजीका महान् कविहरूमध्ये एक मानिन्छन् । उनी चर्चित राजनीतिज्ञ पनि थिए । उनले संसारमा रोमान्टिक कविता आन्दोलनको नेतृत्व गरेका छन् ।
१ . तर्क गर्न नसक्ने मानिसहरू मूर्ख हुन् । जो बहस गर्न चाहँदैनन्, तिनीहरू दास हुन् ।
२ . मौका मिल्ने बित्तिकै हाँस्नुस् , यो भन्दा सस्तो अर्को कुनै औषधि छैन ।
३ . मसीको मात्र एक थोपाले लाखौँ मानिसलाई सोच्न बाध्य बनाउँछ ।
४ . सुतेपछि थाहा पाएँ जिन्दगी धेरै सुन्दर छ, ब्युँझिएपछि थाहा भयो जीवन भनेको मेहनत र कर्तव्यको नाम हो ।
५ . मित्रता प्रेममा परिणत हुन सक्छ, तर प्रेम कहिल्यै मित्रतामा परिणत हुन सक्दैन।
६ . म कहिले पनि कुनै कुरालाई होइन भन्दिन तर सबैलाई शङ्का गर्छु।
७ . सधैँ व्यस्त रहने मानिसहरूसँग रुने समय हुँदैन।
८ . म पहिले जे थिएँ, आज छैन ।
९. ज्ञानले हामीलाई सबैभन्दा धेरै दुख दिन्छ। जो सबैभन्दा ज्ञानी छ, त्यो वास्तवमा सबैभन्दा दुखी छ।
१० . सत्य के हो भने एकान्तमा पनि हामी कहिल्यै एक्लो हुँदैनौँ।
प्रतिक्रिया