बहुभाषी व्यक्तिको स्मरणशक्ति र मानसिक अवस्था राम्रो

दुई वा दुई भन्दा बढि भाषा बोल्दा अपरिचित ठाउँमा साथी बनाउन सजिलो हुन्छ । यसका अन्य धेरै फाइदा छन् । बहु भाषा जान्दा बुढेसकालमा स्मरणशक्ति बढने नयाँ अध्ययनले देखाएको छ ।
जर्मनीका अन्वेषकहरूले सयौं वृद्ध बिरामीको अध्ययन गरेर पत्ता लगाए अनुसार सानै उमेरदेखि हरेक दिन दुई भाषा बोल्नेहरूले एउटै भाषा बोल्ने बिरामीहरूको तुलनामा सिक्ने, स्मरणशक्ति र आत्म/नियन्त्रणमा उच्च स्कोर प्राप्त गरेका थिए ।
न्यूरोबायोलोजी अफ एजिङ जर्नलको अप्रिल अंकमा प्रकाशित उक्त अध्ययनले दुई दशकको अनुसन्धानको विवरण दिन्छ । यो अनुसन्धानको निस्कर्श अनुसार दुई भाषाको ज्ञानले वृद्धवृद्धालाई भ्रम, भावनामा ह्रास आदिबाट जोगाउँछ ।
अध्ययनमा संलग्न कोलम्बिया युनिभर्सिटीका न्यूरोफिजिस्ट मिगुएल आर्से रेनटेरियाका अनुसार जीवनको शुरुमा दुई भाषा जान्दा बुढेसकालमा राम्रो असर पर्छ । पछिल्ला केही वर्षमा वैज्ञानिकहरूले एक भन्दा बढी भाषा बुझने र बुढेसकालमा दिमागको अवस्था बीचको सम्बन्धका बारेमा अनुसन्धान गरेका छन् । केही अध्ययन अनुसार द्विभाषीहरू एकभाषीहरूको तुलनामा बुढेसकालमा मानसिक सतर्कताका हिसाबले बढि सजग पाइन्छन् ।
द्विभाषीहरू दुई भाषा बीच छिटो स्विच गर्ने कारणले बहुकार्य, भावनाको प्रबन्ध तथा आत्म(नियन्त्रण जस्ता क्षेत्रमा पनि सक्षम हुन सक्छन् भन्ने न्यूरोवैज्ञानिकहरूको राय छ जसका कारण बुढेसकालमा डिमेन्सिया वा हेलुसिनेशनजस्ता समस्या कम देखापर्छन् ।
युनिभर्सिटी अफ क्यालिफोर्नियाका न्यूरोसाइन्टिस्ट बुन लिड टीले जीवनका विभिन्न चरणमा दुई वा दुईभन्दा बढी भाषा अध्ययन गर्नु एउटा अनौठो दृष्टिकोण भएको बताए ।
ध्यान केन्द्रित र निर्णय गर्ने राम्रो क्षमता
नयाँ अध्ययनले ५९ देखि ७६ वर्षका ७४६ जनामा अध्ययन गरेको थियो । करिब ४० प्रतिशत मानिसमा स्मरणशक्तिमा कुनै समस्या थिएन । बाँकी भ्रम वा स्मरणशक्ति हानिबाट प्रभावित भएको पाइयो। १३ देखि ३० वा ३० देखि ६५ वर्षको उमेरका मानिसहरू जसले दोस्रो भाषा पनि प्रयोग गर्छन् तिनीहरूले त्यो उमेरमा बहु भाषा प्रयोग नगर्नेहरूको तुलनामा भाषा, स्मरणशक्ति, फोकस र निर्णय क्षमतामा उच्च स्कोर पाएका थिए ।
प्रतिक्रिया