विश्वका ३ अर्ब मानिस पौष्टिक खानाबाट वञ्चित

विश्वभरका तीन सय करोड ९तीन हजार मिलियन० मानिस पौष्टिक खाना पाउन असमर्थ छन् । यदि यसलाई प्रतिशतमा मापन गरियो भने यो संसारको कुल जनसंख्याको ४२ प्रतिशतमा हुन्छ ।
स्मरण रहोस् सन् २०१७ देखि २०२० सम्म विश्वभर पौष्टिक खानाको खर्चमा औसत ६।७ प्रतिशतले वृद्धि भएको छ । जबकि न्यून(मध्यम आय भएका देशहरूमा सन् २०१७ र २०२० को बीचमा पौष्टिक खानामा हुने औसत खर्च ८.९ प्रतिशतले बढेको छ ।
दिल्लीस्थित सेन्टर फर साइन्स एन्ड इन्भारमेन्टले जारी गरेको स्टेट अफ इन्डियाज इन्भाइरोमेन्ट रिपोर्ट ९एसओई इन फिगर -२०२३० मा यो कुरा भनिएको छ ।
ध्यान दिनु पर्ने कुरा के भने २०२० को मध्यमा विश्वको हरेक कुनामा विश्वव्यापी उपभोक्ता खाद्यान्नको मूल्यमा तीव्र वृद्धि भएको थियो। यो वृद्धिले विश्वव्यापी रूपमा पौष्टिक खानाको औसत मूल्यमा वृद्धि भएको छ। सन् २०२० मा विश्वभरका करिब ११० करोड मानिसले पौष्टिक खाना पाउन सकेनन् । यो संख्या २०१९ को तुलनामा बढी थियो ।
अहिले पौष्टिक खानाको महँगो मूल्यका कारणले गर्दा मानिसहरु यसबाट टाढिँदै गएका छन् । विश्व स्वास्थ्य संगठन ९ध्ज्इ० का अनुसार मातृ, शिशु तथा साना बालबालिकाको पोषण सम्बन्धी समस्या बढ्दो छ ।
यस सम्बन्धि लक्ष्यहरूको स्थिति या त खस्किँदै गएको छ वा त्यसमा कुनै प्रगति देखिएको छैन। विश्वव्यापी रूपमा अधिकांश देशहरू मोटोपन , एनीमिया, मधुमेह तथा सोडियमको कमि जस्ता समस्याहरू सँग संघर्ष गरिरहेका छन् ।
प्रतिक्रिया