सुखी जीवनका लागि यी कुराहरूमा ध्यान दिउँ

जीवनमा धेरै समस्याहरूले ध्यान र खुसीमा बाधा खडा गर्छन् । जीवनलाई सधैँ ट्र्याकमा राख्न हामीले केही काम निरन्तर गरिरहनुपर्छ। ती काम नबिर्सिउन् भनेर तिनलाई लेखेर पनि राख्न सकिन्छ। नयाँ सुरुवात गर्न यी चार बानी अहिले नै सुरु गर्न सकिन्छ।
डायरी लेख्न थाल्नुहोस्
आफूसँग डायरी राख्नुहोस् । बालबालिकाहरूले घरमा दिनहुँ गर्ने वा राम्रा कामहरू सबै रमाइला कुराहरू लेख्नुहोस् । यदि तपाईँ मानिसहरूप्रति कृतज्ञता व्यक्त गर्न चाहनुहुन्छ भने त्यो पनि डायरीमा लेख्न सकिन्छ। यसलाई ग्रेटिट्यूड जर्नलका रूपमा प्रयोग गर्न सकिन्छ । यस्ता बानीले जीवनलाई गति दिन्छ जसका कारण हामी थप खुसी हुन्छौँ ।
गर्नुपर्ने कामहरूको सूचीमा निरन्तर ध्यान
जीवनमा हामी व्यावसायिक स्तरमा पूर्ण रूपमा सन्तुष्ट भए मात्र व्यक्तिगत रूपमा खुसी हुन सक्छौँ । यसका लागि नियमित रूपमा सरलताका साथ आफ्ना प्राथमिकताहरू र कामको लागि तयार गरिएको टु डु लिस्टमा (कार्यसूची) ध्यान दिनुहोस् । यसले आफ्नो उत्पादकतालाई धेरै हदसम्म बढाउँछ र फोकस पनि कायम राख्छ ।
सधैँ आफ्नो सम्बन्ध केन्द्रमा
व्यक्तिगत र व्यावसायिक दुवै क्षेत्रमा खुसीका लागि हाम्रा सम्बन्धहरू निकै महत्त्वपूर्ण हुन्छन् । सामाजिक विज्ञानले स्पष्ट पारेको छ कि सम्बन्धलाई केन्द्रमा राख्नु खुसीका लागि धेरै महत्त्वपूर्ण छ । हामीले आफ्नो परिवार र साथीहरूका लागि सकेसम्म धेरै समय निकाल्नु निकै महत्त्वपूर्ण छ ।
शारीरिक तथा मानसिक स्वास्थ्यमा ध्यान
हप्तामा कम्तीमा एक दिन व्यायाम गर्ने मानिसहरू हरेक दिन खुसी हुन्छन्। केवल २० मिनेटको व्यायाम मुड बुस्टर साबित हुन्छ । नियमित ध्यान मानसिक स्वास्थ्यका लागि जीवन रक्षक साबित हुन्छ। हरेक दिन ३० मिनेट समय निकालेर लेख्ने – पढ्ने काम गरे मानसिक स्वास्थ्यमा पनि सुधार आउँछ ।
प्रतिक्रिया