सफलता तब प्राप्त हुन्छ जब हामी आफ्नो जीवनलाई फर्केर हेर्छौं – भेनस विलियम्स

तपाईं खेलमा सबै कुरा सिक्नुहुन्छ, केहि सिक्दै छु भन्ने कुरा पनि महसुस नगरी । आफुले कसरी जित्ने, कसरी हार्ने, कसरी नयाँ लक्ष्यहरू सेट गर्ने, कसरी आफूलाई सम्हाल्ने, अरूसँग कसरी व्यवहार गर्ने । यो सबै जान्नु रमाइलो हुन्छ ।
बाल्यकालमा हाम्रा आमाबाबुले हामीलाई टेनिस सिकाउनुहुन्थ्यो। उहाँहरु यो सबै आफ्ना लागि गर्नुपर्छ भन्नु हुन्थ्यो । हामी जति मेहनत गर्छौ, त्यो अरु कसैका लागि हुँदैन । यी सबै कुराको प्रभाव ममा परेको थियो तर त्यो सजिलो थिएन ।
मानिसहरूका अपेक्षाहरूमा धेरै ध्यान दिँदा आफ्नो दृष्टिमा बादल लाग्न सक्छ । जब तपाईं मानिसहरूले चाहेको कुरा पूरा गर्न आफ्नो बाटोबाट बाहिर जानुहुन्छ, त्यतिबेला के कुरा भन्न गाह्रो हुन्छ भने तपाईंले जुन लक्ष्य निर्धारण गर्नु भएकोछ के वास्तवमै त्यसलाई हासिल गर्न चाहनुहुन्छ रु यो बाटो हाम्रो चाहनाभन्दा कति फरक छ, कति मिल्दोजुल्दो छ ? यी सबै प्रश्न हाम्रो मनमा घुमिरहन्छ ।
तपाईंका बारेमा मानिसहरूको केही निश्चित धारणा छ , यो व्यक्तिगत जीवन र पेशाको बारेमा पनि हुन सक्छ। तपाईं विश्व प्रसिद्ध खेलाडी नभए पनि मानिसहरूले तपाईंको बारेमा केही भन्न सक्छन्। यस्ता कुरा गर्नेहरू आफ्नै परिवारका सदस्यहरू, साथीहरू वा सहकर्मीहरू हुन सक्छन्। यी मानिसहरूले तपाईलाई त्यो बाटो पछ्याउन दबाब दिनेछन् जसमा तपाई निश्चित हुनुहुन्न। सम्झनुहोस्, अन्तिम निर्णय तपाईंको आफ्नो हुनुपर्छ । यस्तो अवस्थामा अरुको कुरा सुन्दा प्रायः फस्न सकिन्छ।
हामी चाहँदैनौ कि यो बाटो अपनाउँ तर पनि हामी भन्छौं– म यो काम गर्छु । हामिलाई लाग्छ कि म यो काम गर्दिन भन्ने कुरा पछि भन्छु किनभने किन मुखका अगाडि नाई भन्नू रु तर यसो गर्नु ठीक होइन । सरल शब्दमा भन्नुपर्छ ९ म यो काम गर्दिन ।
इमानदार रहनु र झूटा अपेक्षाहरूलाई ध्वस्त पार्नुले स्वतन्त्रताको अनुभूति दिन्छ। हो, इमानदार कुराकानी गर्न गाह्रो हुन सक्छ तर सत्य लुकाउँदा नयाँ मुद्दाहरू खडा हुनेछन् । जब हामि जीवनमा जिम्मेवारी लिन्छौं र छनौट गर्छौ तब हामिले शक्ति दावी गर्छौ अनि शक्ति पनि हासिल गर्छौ ।
आफैलाइ दाउमा लगाउनु भन्दा राम्रो केहि हुँदैन । कसैको मोहरा नबन्नुहोस्, कसैलाई तपाईलाई भन्दा बढी विश्वास गर्न नदिनुहोस् । हार र जितबाट सफलतालाई नाप्नुहोस् मेरा लागि सफलता यहि हो कि जब म आफ्नो जीवनलाइ फर्केर हेर्छु तब मैले कहिँ पछुताउनु पर्दैन । उत्कृष्टता हासिल गर्नु नै सफलता हो। म जित वा हारले सफलता मापन गर्न सक्दिन किनभने म आफ्नो शतप्रतिशत दिनमा खुशी पाउँछु ।
आफैमा आत्मविश्वास जगाउनुहोस् आत्मविश्वास राख्नुहोस्, अन्तमा तपाईं आफ्नो सबैभन्दा ठूलो चियरलीडर हुनुहुन्छ । आफैमा पूर्ण विश्वास राख्ने हो भने आत्मविश्वास प्राप्त हुन्छ । आत्मविश्वास नभए पनि देखाउनुहोस् चाहे त्यो नक्कली आत्मविश्वास नै किन नहोस् रु यसका लागि आफ्नो दिमागलाई तालिम दिनुपर्छ। नकारात्मकता र शंकाबाट बाहिर निस्कनुपर्छ । आफ्नो सपना जिउनु भन्दा रमाइलो अरु केहि हुन सक्दैन , यसलाई पुरा गर्न कडा परिश्रम गर्नुपर्छ ।
(प्रसिद्ध टेनिस खेलाडी भेनस विलियम्सले विभिन्न फोरममा दिएको अन्तर्वार्तामा आधारित )
प्रतिक्रिया