शनिबार, वैशाख १३, २०८२

बिपी कोइरालाको पूण्यतिथि

सुनिल उलक २०८० साउन ६ गते ९:१४

वि.सं. १९७१ भाद्र २४ गते जन्मिएका विश्वेश्वर प्रसाद कोइरालाको राजनैतिक उपलब्धि मात्र १८ महिने प्रधानमन्त्री काल होइन । बिपी भारतीय राजनीति र नेपाली राजनीतिमा कहलिएका नेता हुन् ।

तर एकदमै कमलाई जानकारी होला उनी न त राजा महेन्द्रका प्यारा थिए न त नेहरुले नै मन पराउँथे । वि.सं. २००६ को राजा त्रीभुवनको भारत प्रबासमा हैदराबाद भवनमा बसाईएका राजा संग बिपी लाई भेट्ने अबसर नै दिइएन ।

प्रजातन्त्र पछी पनि मोहनशम्शेर राणा नै प्रधान मन्त्री रहे तर बबर शम्शेर रक्षा मन्त्री र बिपी गृह मन्त्री मा कुन ठूलोको बिबाद भयो । २००८ मा मोहनशम्शेर पनि बबरशम्शेर झै बेङग्लोर गए तर प्रधानमन्त्री फेरी बिपी लाई बन्न दिइएन ।

२०१५ सालको आम चुनाब भयो कांग्रेसको बहुमत आयो । तर राजा महेन्द्रले संसद बैठक बोलाउनै चाहेनन । फाल्गुन ७, २०१५ मा चुनाब भएको भए पनि जेठ १५, २०१६ मा बल्ल बिपी प्रधानमन्त्री बने । यस बिच बैशाख ३१, २०१६ मा कांग्रेसको सातौ अधिबेसनले बिपी लाई नै पार्टी अध्यक्ष चुनेको थियो । र अन्तमा १८ महिना नबित्दै नेहरुको इशारामा पौष १, २०१७ को घटना घट्यो । हुन त नेहरुले बिपी लाई मात्र हटाउने सल्लाह दिइएको भनिन्छ ।

तर पौष १ भन्दा केही दिन अगावै भारतीय सेनापती थिमैयालाई नेपाल पठाएर नेपाललाई नजिकबाट नियाल्न र आबश्यकता परे भारतीय सेना परिचालन गर्ने अनुमती थिमैयालाई नेहरुले दिएका थिए । मंसिर २३ गते काठमाडौ आइपुगेका थिमैयालाई नेपाल सरकारले मानार्थ जनरलको पदवी पनि प्रदान गरेको थियो । भारतीय सेना प्रमुख थिमैया नेपाल भ्रमणमा रहनु र १७ सालको कदम पछि जननिर्वाचित प्रधानमन्त्री जेल कोच्चिए पछि भारतको संसदमा नेहरुले बोल्ने क्रममा एक सांसदले नेपालका राजालाई धन्यवाद र बधाइ दिनुपर्छ सम्म भनेका थिए ।

साथै थिमैयाको पक्षमा नेहरुले भनेका थिए, ‘उनि सम्मानको कार्यक्रममा पुगेका थिए तर अचानक राजाले यस्तो कदम चाले । यसमा थिमैया अथवा भारतको कुनै साथ र सहयोग थिएन ।’ तर अनौठो संयोग वा योजना थियो त्यसबेला । राजाले प्रजातान्त्रिक सरकार अपदस्थ गरिरहँदा भारतीय राजदुत हरिश्वर डोयाल, भारतीय सेना प्रमुख जनरल थिमैया र नेपालका सैनिक प्रमुख निरशम्शेर चितवनमा थिए ।

पुस १ गतेको बिहानै राजा महेन्द्रले जनरल थिमैयाको हात नेहरुलाई सम्पूर्ण जानकारी सहितको पत्र पठाएका थिए । तर नेहरुले सो पत्र पुस ४ को बिहान मात्र पाए । पछि राजासंगको भेटमा नेहरुले बिपी सरकार मात्र अपदस्थ गरेर संसद भंग नगरेको भए हुने भनेका थिए भनिन्छ । तर संयोग २०१७ को घटना त्यति भयाबह भएन, जति नेहरु र राजा महेन्द्रले आकलन गरेका थिए ।

२०१७ सालमा जेल परेका बिपी ८ वर्ष पछि २०२५ कार्तिक १४ गते जेलमुक्त भए । जेल मुक्त भएको केही समयमा नै भारत पलायन भए । नेपालमा राजनैतिक भूमिकामा रहन नपाउने हुँदा पनि भारतीय भूमीको शरण लिनु बिपीको बाध्यता थियो । तर भारतमा पनि बिपीले चाहेको वातावरण पाउन सकेन ।

यसैबिच २०२८ असोज १९ देखि २९ सम्म तराइको रौटहट र बारा जिल्लामा धार्मिक दंगा भड्कियो । नेपालमा पहिलो पटक भएको दंगामा ५१ ब्यक्तिको हत्या भएको थियो । साथै १८७४ घर जलाइएका थिए । यसको पछाडि नेपालकै केहि जनजातिका अगुवाहरुको षडयन्त्र रहेको भनक राजा महेन्द्रले पाए । खड्गबहादुर गुरुङ, नरबहादुर गुरुङ, खगेन्द्रजंग गुरुङ, योगी नरहरीनाथ लगायत थुप्रैसंग इन्दिरा गान्धीले दिल्लीमा गोप्य भेट गरेको राजा महेन्द्रमा जानकारी भयो । त्यतिबेला बिपी भने सारनाथमा रहेका थिए ।

२०२८ माघ ३ गते राजा महेन्द्र छुट्टी मनाउन चितवनको दियालो बंगला पुगे । छुट्टीको संज्ञा दिइए पनि राजा महेन्द्र गोप्य बैठक र भेटघाटका लागि देवघाटको शान्त र गोप्य स्थानमा पुगेका थिए । माघ १० गते दियालो बंगलामा नै राजाले मन्त्रिपरिषदको बैठक बोलाए । राजाले बहुदलिय ब्यबस्थाका लागि केही संकेत दिएका थिए ।

बिपीलाई नै नयाँ सरकारको नेतृत्व दिने मनसायले श्रीभद्र शर्मा राजाको सन्देश बोकेर गोप्य रुपमा बिपीलाई भेट्न सारनाथका लागि निस्किए । तर मन्त्रिपरिषदको कुनै सदस्यले यो सूचना प्रधानमन्त्री इन्दिरा गान्धी समक्ष पुर्याइसकेका थिए । राजाले दोश्रो बैठक माघको १७ मा बोलाएका थिए ।

राजाको पत्र बिपीसम्म पुग्नु अगावै माघ १७ मा राजा महेन्द्रको असामयिक देहावसान भयो । राजाको चाहना वा भनौ बिपीको राजनैतिक सफलताको सम्भावना फेरी तुहियो ।

नयाँ राजाको नयाँ चाहना र बिपीको राष्ट्रिय एकता र मेलमिलापको चाहनाले २०३३ पुस १६ गते बिपी स्वदेश फर्किए । तर विमानस्थलमा नै बिपी फेरी गिरफ्तार भए । उनका साथ निर्वासनमा रहेका अन्य गणेशमान, गिरिजा, कृष्णप्रसाद, शैलजा, केदारमान, सूर्यप्रसाद पनि साथ लागेर आएका थिए ।

तर बिपी र गणेशमानलाई जेल चलान गरियो । २०३४ सालको शुरुमा घाँटीको समस्या बल्झिए पछि २०३५ को बैशाखमा उपचारका लागि अमेरिका लगियो । राजा विरेन्द्रको बिशेष चासोमा राज्यकै खर्चमा उपचारका लागि पठाइएको थियो ।

देशमा राजनैतिक परिवर्तनको चाहनाको एउटा लहर २०३६ सालमा पाकिस्तानमा भुट्टोको फाँसीसंगै नेपालमा चम्कियो । जसको फलस्वरुप राजा विरेन्द्रले जनताका सामु एउटा निर्णय लिन आह्वान गरे । २०३७ बैशाखमा बहुदल कि निर्दल भन्ने रोज्नका लागि चुनाव भयो । जनताले फेरी एकपटक निर्दलीय पञ्चायती ब्यबस्था नै रोजे ।

धेरै कमलाई जानकारी होला, वि.सं. १९९९ मंसिर २५ गते बिहारको बाँकेपुरामा भारतीय अंग्रेज सरकारले गिरफ्तार गरेको थियो । २००० जेठ ३० गते हजारीवाग जेल चलान भएका बिपीलाई अंग्रेज सरकारले जबर्जस्ती दोश्रो विश्व युद्धका लागि जगेडा सैनिकका रुपमा समेत भर्ना गरेका थिए । उनको डायरीमा यो उल्लेख गरिएको छ ।

नेपाली साहित्यमा समेत बिशेष योगदान गरेका बिपी कोइरालाको अन्तत राजनैतिक संघर्ष गर्दा गर्दै २०३९ साउन ६ गते निधन भएको थियो ।

प्रतिक्रिया