प्रसंग एक विनाशकारी वैज्ञानिकको

परमाणु बमको जनक जूलियस रॉबर्ट ओपेनहाइमरको जन्म २२ अप्रिल ,सन् १९०४ मा अमेरिकामा भएको थियो भने उनको मृत्यु चाहिँ १८ फरवरी सन् १९६७ मा क्यान्सर रोगको कारणले ६२ बर्षको उमेरमा भएको थियो। उनी अत्यधिक सिगरेटको सेवन गर्थे ।
अमेरिकाको न्यू मेक्सिकोमा १६ जुलाइ सन् १९४५मा गरिएको परमाणु परिक्षण ‘ट्रिनिटी टेस्ट’ गर्दाको भयानक परिणाम देखेर ओपेनहाइमरले गीताको यो श्लोक भनेका थिए भनिन्छ ।
दिवि सूर्यसहस्रस्य भवेद्युगपदुत्थिता।
यदि भाः सदृशी सा स्याद् भासस्तस्य महात्मनः॥११र१२ ॥
कालोऽस्मि लोकक्षयकृत्प्रवृद्धो
लोकान्समाहर्तुमिह प्रवृत्तः।।।।
ऋतेऽपि त्वां न भविष्यन्ति सर्वे
येऽवस्थिताः प्रत्यनिकेषु ययोधाः॥११र३२ ॥
‘म यो लोकलाई नाश गर्ने महाकाल हुँ र अब म यो समय अधर्मलाई नाश गर्ने प्रवृत भइ मृत्यु बनेको छु । यो श्लोक कृष्णले आफ्नो बिराट स्वरुप अर्जुनलाई देखाउँदा भनिएको वाक्य हो ।
ओपेनहाइमर हिन्दू थिएनन्। उनको जन्म एक यहूदी परिवारमा भएको थियो । तर उनी वैदिक दर्शनशास्त्र बाट प्रभावित थिए। भनिन्छ कि उनले भगवद्गीतालाई बुझ्न संस्कृत शिक्षाको पनि अध्यन गरेका थिए अरे । ‘ट्रिनिटी टेस्ट’को फलस्वरूप नै द्वितीय विश्वयुद्धको चरमावस्थामा ६ अगस्त, सन् १९४५ मा अमेरिकाले जापानको हिरोशिमा माथी ‘लिटिल ब्वॉय’ र तीन दिन पछी ९ अगस्तमा नागासाकी माथी ‘फैट मैन’ नामक परमाणु बम विमान बाट खसाएको थियो । जसले त्यहाँ भयानक बिनाश गरेको थियो ।
हिजोआज रूस र यूक्रेनको युद्धले फेरि तेस्रो विश्व युद्ध र परमाणु बमको प्रयोगको खतरा बढदै गएको देखिन्छ । यदि तेस्रो बिश्व युद्ध भयो र परमाणु बमको प्रयोग भयो भने अब यो पृथ्वीमा अहिले भएका विभिन्न प्राणीहरुका साथै मानवजातिको अस्तित्व पनि समाप्त हुनेछ ।
सुनील सापकोटा
प्रतिक्रिया