हेडफोनले श्रवणशक्ति गुम्न सक्छ !

विश्वभरका एक अर्बभन्दा बढी युवा श्रवणशक्ति गुम्ने जोखिममा छन् । अनुसन्धान पछि वैज्ञानिकहरूले यसका लागि हेडफोनको अत्यधिक प्रयोग र चर्को संगीत कन्सर्टलाई जिम्मेवार ठहर्याएका छन् ।
विश्व स्वास्थ्य संगठनको नेतृत्वमा गरिएको यो अनुसन्धानपछि युवाहरुलाई उनीहरुको सुन्ने बानीमा बढी होसियार हुन आग्रह गरिएको छ । यसका साथै हेडफोन वा स्पिकर जस्ता वस्तु बनाउने सरकार तथा कम्पनीलाई आगामी दिनमा श्रवणशक्ति जोगाउने कुरामा ध्यान दिन पनि भनिएको छ ।
१ अर्ब ३५ करोड युवा श्रवणशक्ति गुम्ने जोखिममा
बीएमजे ग्लोबल हेल्थ जर्नलमा प्रकाशित यो अनुसन्धान प्रतिवेदन विगत दुई दशकमा अंग्रेजी, स्पेनिस, फ्रेन्च र रुसी भाषामा प्रकाशित ३३ वटा अध्ययनको विश्लेषण गरी तयार पारिएको हो । ती अध्ययनमा १२ र ३४ वर्ष बीचका १९ , ००० सहभागी समावेश थिए। अनुसन्धानले देखाएको छ कि २४ प्रतिशत युवा खतरनाक स्तरको आवाजको सम्पर्कमा छन् ।
यो स्मार्टफोन जस्ता यन्त्रहरूसँग हेडफोनको प्रयोग, सङ्गीत सुन्ने वा खतरनाक रूपमा चर्को स्तरमा अरू कुनै कुराको कारणले हो । यसबाहेक कन्सर्ट वा नाइटक्लबमा मनोरञ्जनका लागि जाने ४८ प्रतिशत युवा पनि त्यहाँ चर्को सङ्गीत वा कोलाहलका कारण जोखिममा छन् । यदि यी दुई तथ्याङ्कलाई जोड्ने हो भने, विश्वभरका ६७०००० देखि १।३५ बिलियन युवा जनसंख्या श्रवणशक्ति गुम्ने जोखिमको सामना गरिरहेका छन्।
चर्को आवाजको दीर्घकालीन असर
यो अनुसन्धान रिपोर्टकि प्रमुख लेखिका तथा दक्षिण क्यारोलिनाको मेडकिल युनिभर्सिटीकि अडियोलोजिस्ट लरेन डिलार्ड भन्छिन् – प्रभावित व्यक्तिहरूको दायरा निकै ठूलो छ किनभने धेरै युवाहरू पहिले देखि नै यी दुवै खतराबाट जोखिममा छन् ।
डिलार्डले भनिन – हेडफोनका कारण श्रवणशक्ति गुम्ने जोखिमबाट जोगिने उत्तम उपाय भनेको मानिसहरूले कम आवाजमा र छोटो समयका लागि सुन्नु हो। डिलार्ड भन्छिन -दुर्भाग्यवश मानिसहरू धेरै ठूलो आवाजमा संगीत सुन्न मन पराउँछन्। डिलार्डको सल्लाह छ ( हेडफोन प्रयोगकर्ताहरूले स्मार्टफोनमा सेटिङहरू वा एपहरू प्रयोग गरेर भोल्युम स्तर निगरानी गर्नुपर्छ । यी हेडफोनले पृष्ठभूमिबाट आउने आवाजमा सङ्गीतको आवाजलाई दबाउनबाट रोक्छ। मानिसहरूले कन्सर्ट वा नाइटक्लबहरूमा धेरै चर्को संगीतका साथ इयरप्लगहरू प्रयोग गर्नुपर्छ ।
डिलार्डले भनिन् – चर्को संगीत रमाइलो हुन सक्छ, तर स्पिकरको अगाडि बस्नु दीर्घकालीन स्वास्थ्यका दृष्टिले राम्रो होइन। यी सबै बानी र सम्पर्कहरूले जीवनभर असर गर्न सक्छ ।
सरकार र कम्पनीहरूसँग माग :
डिलार्डले सरकारहरूलाई सुरक्षित सुन्ने सम्बन्धमा डब्ल्यूएचओको दिशानिर्देशहरू पालना गर्न आग्रह गरेकि छिन्। यसमा संगीत बज्ने ठाउँ र सङ्गीतको स्तरमा पनि ध्यान दिनुपर्छ । उनले फोन जस्ता यन्त्र बनाउने कम्पनीसँग आवाज धेरै ठूलो भए श्रोतालाई सचेत गराउन समेत माग गरेकि छिन् । यसका साथसाथै अभिभावकले आफ्ना बालबालिकाको वाद्ययन्त्र उच्च आवाजमा बजाउन नपाउने व्यवस्था मिलाउनुपर्छ ।
यो अनुसन्धानमा विभिन्न विधिहरू प्रयोग गरिए पनि कम आय भएका देशहरूमा भने कुनै अनुसन्धान गरिएको छैन। लन्डनको क्वीन मेरी युनिभर्सिटीका आवाज र स्वास्थ्य विशेषज्ञ स्टीफन स्ट्यान्सफेल्ड भन्छन् – यसमा बहिरा हुने जोखिम गम्भीर र पर्याप्त छ । स्ट्यान्सफेल्ड यो अनुसन्धानमा संलग्न थिएनन् । डब्लुएचओका अनुसार विश्वभर करिब ४३ करोड मानिस अर्थात् कुल जनसंख्याको ५ प्रतिशतमा श्रवण सम्बन्धि समस्या छ । सन् २०५० सम्ममा यो संख्या ७० करोड पुग्ने अनुमान गरिएको छ ।
एएफपी
प्रतिक्रिया