आईसीसी एकदिवसीय विश्वकप : भारत र दक्षिण अफ्रिका भिड्दै
नेपालखोज
२०८० कार्तिक १९ गते ९:००

काठमाडाैं । आईसीसी एकदिवसीय विश्वकपको समूह चरणमा भारत र दक्षिण अफ्रिका भिड्दै छन् । खेल कोलकाताको इडेन गार्डेन मैदानमा नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुने छ । भारत र दक्षिण अफ्रिका अंक तालिकाको पहिलो र दोस्रो स्थानमा छन् ।
दुवै टोली सेमिफाइनलमा पुगेका छन् । भारतको १४ अंक छ भने दक्षिण अफ्रिकाको १२ अंक छ । प्रतियोगितामा ७ खेल जितेको भारत एकमात्र अपराजित टोली हो । अर्कोतर्फ, दक्षिण अफ्रिकाले ७ खेलमध्ये ६ मा जित र एकमा मात्र हार बेहोरेको छ ।
सम्बन्धित
प्रतिक्रिया