मंगलबार, वैशाख १६, २०८२

विश्वकप क्रिकेट : बंगलादेशसँग पराजितसँगै विश्वकपबाट बाहिरियो श्रीलंका

नेपालखोज २०८० कार्तिक २१ गते ६:०३

काठमाडाैं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले श्रीलंकालाई ३ विकेटले पराजित गरेको छ । याे हारसँगै भारतमा जारी एकदिवसिय क्रिकेट विश्वकपबाट श्रीलंका बाहिरिएको छ ।

पहिले खेलेको श्रीलंकाले ४९.३ ओभरमा २७९ रन बनाएको थियो, जसको जवाफमा बंगलादेशले ४१.१ ओभरमा ७ विकेट गुमाएर जित हात पारेको थियो । यो पराजयले श्रीलंकाको शीर्ष ८ मा परेर च्याम्पियन्स ट्रफीमा छनोट हुने आशामा समेत धक्का लागेको छ ।

बंगलादेशले श्रीलंकालाई तीन विकेटले हराएको हो । सुरुमा ब्याटीङ गरेको श्रीलंकाले दुई सय ८० रनको लक्ष्य दिएको थियो । बंगलादेशले सात विकेट गुमाएर ४१.१ ओभरमा सो लक्ष्य भेटाएको हो ।

आज विश्वकपमा अष्ट्रेलिया र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । अफगानिस्तानलाई जितेमा अष्ट्रेलिया सेमिफाइनलमा पुग्नेछ । यसअघि उसले पाँच खेल जितिसकेको छ । सात खेलमा चार खेल जितेको अफगानिस्तान पनि सेमिफाइनल प्रतिस्पर्धामा छ ।

प्रतिक्रिया