विश्वकप छनोट : नेपाली फुटबल टोली यूएई प्रस्थान
नेपालखोज
२०८० कार्तिक २६ गते १८:२३

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टोली फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटको दोस्रो चरण अन्तगर्त पहिलो खेलका लागि आइतबार यूएई प्रस्थान गरेको छ ।
दुई खेलाडी रोहित चन्द र मनिष डाँगी भने सोझै दुबईमा टोलीमा आबद्ध हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
‘होम एन्ड अवे’ प्रणाली अनुसार हुने समूह चरणको आफ्नो पहिलो खेल नेपालले कात्तिक ३० गते घरेलु टोली युएईसँग दुबईमा खेल्नेछ ।
सम्बन्धित
प्रतिक्रिया