मंगलबार, वैशाख १६, २०८२

जिब्राल्टरमाथि फ्रान्सको कीर्तिमानी जित

नेपालखोज २०८० मंसिर ३ गते ७:२०

काठमाडौं । युरोकप २०२४ को छनोटमा फ्रान्स ले जिब्राल्टरमाथि कीर्तिमानी जित निकालेको छ ।

समूह बी अन्तर्गत शनिबार राति भएको खेलमा फ्रान्सले जिब्राल्टरलाई १४-० को फराकिलो अन्तरले पराजित गरेको हो ।

केलिएन एमबाप्पेले ह्याट्रिक गरेको खेलमा फ्रान्सका ९ फरक खेलाडीले गोल गरे । यस्तै जिब्राल्टरका खेलाडीले एक आत्मघाती गोल पनि गरे ।

फ्रान्सले दुवै हाफमा ७-७ गोल गरेको थियो । फ्रान्सको फुटबल इतिहासमा यो सबैभन्दा ठूलो जित हो ।

प्रतिक्रिया