मंगलबार, वैशाख १६, २०८२

विश्वकप फुटबल छनोट : यमनविरुद्ध नेपालले जितका लागि खेल्ने

नेपालखोज २०८० मंसिर ४ गते १४:५१

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस र कप्तान किरणकुमार लिम्बुले आफूहरुले विश्वकप छनोटमा यमनविरुद्धको खेल जित्न चाहेको बताएका छन् ।

विश्वकप छनोटको समूह चरणमा आफ्नो दोस्रो खेल नेपालले भोलि मंगलबार काठमाडौंको दशरथ रंगशालामा खेल्दै छ ।

समूह चरणमा यूएईसँगको खेल ४-० ले हारेको नेपालले अहिलेसम्म कुनै अंक जोड्न सकेको छैन । यस्तै पहिलो खेलमा बहराइनसँग २-० ले पराजित भएको यमन पनि अंक विहीन छ ।

‘हामी यो खेल जित्न चाहन्छौं, समर्थकलाई आशा दिलाउनका लागि पनि जित्न चाहन्छौं,’ एनेसले भने, ‘हामी अंक जोड्न चाहन्छौं ।’

प्रतिक्रिया