केपी ओली कप- पाल पुलिस क्लबसँग मधेस प्रदेश पराजित
नेपालखोज
२०८० मंसिर १० गते १६:२०

काठमाडौं। पोखरामा जारी केपी ओली कप टी—२० क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले पहिलो जित हासिल गरेको छ । पोखरा रंगशालामा आइतबार खेलिएको समूह ‘सी’ अन्तर्गतको खेलमा पुलिस क्लबले मधेस प्रदेशको टोलीलाई ५७ रनले हरायो ।
टस जिती पहिले ब्याटिङको निर्णय लिएको पुलिस क्लबले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ७५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको मधेस प्रदेशको टोली भने १८.२ ओभरमा अलआउट हुनुअघि एक सय १८ रनमात्र बनाउन सक्यो ।
सम्बन्धित
प्रतिक्रिया