एनएसएलमा चितवनमाथी काठमाडौंको जित
नेपालखोज
२०८० मंसिर १२ गते २०:२६

काठमाडौं । नेपाल सुपर लि (एनएसएल) मा काठमाडौं रेजर्स हारबाट जोगिएको छ । मंगलबार दशरथ रंगशालामा भएको खेलमा एफसी चितवनले ८६ औं मिनेटमा गोल गरेर अग्रता लिए पनि काठमाडौंले ९२ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा टुंग्याएको हो ।
चितवनका नवयुग श्रेष्ठले गोल गरेर अग्रता दिलाए पनि काठमाडौंका जुनियर एकेनगुएले गोल फर्काएर खेल बराबरीमा ल्याएका हुन् । योसँगै काठमाडौंले एनएसएलमा दुई खेलबाट ४ अंक जोडेको छ । चितवनले पनि १ अंक जोडेको छ ।
सम्बन्धित
प्रतिक्रिया