मंगलबार, वैशाख १६, २०८२

नेत्रहीन महिला क्रिकेट : नेपालको भारतमाथि १० विकेटको सानदार जित

नेपालखोज २०८० मंसिर २७ गते १७:१९

काठमाडौं । भारतको मुम्बईमा भइरहेको महिला नेत्रहीन टी-२० क्रिकेट सिरिजको तेस्रो खेलमा बुधबार नेपालले भारतमाथि १० विकेटको सानदार जित हात पारेको छ ।

ओपनरद्वय बिनिता पुन र मनकेशी चौधरीले उत्कृष्ट ब्याटिङ गर्दै नेपालले सिरिजमा पहिलो जित दिलाएका हुन् । दुवैले अविजित रहँदै अर्धशतक बनाए ।

यसअघि भएको पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले पहिलो जित निकाल्दै सिरिज जित्ने सम्भावना कायमै राखेको छ । भारतको पहिलो हारपछि पाँच खेलको सिरिजमा भारत २-१ ले अघि छ ।

ओपनरद्वय बिनिता र मनकेशीले अविजित १७४ रनको साझेदारी गरेपछि भारतले दिएको १७२ रनको लक्ष्य नेपालले १९.१ ओभरमा विना क्षति पूरा गरेको हो ।

प्रतिक्रिया