मंगलबार, वैशाख १६, २०८२

यू –१९ एकदिवसीय एसियाकपको सेमिफाइनल समीकरण पूरा

नेपालखोज २०८० मंसिर २७ गते १८:५५

काठमाडौं । यू –१९ एकदिवसीय एसियाकपको सेमिफाइनल समीकरण पूरा भएको छ । समूह ‘ए’ बाट पाकिस्तान समूह विजेता र भारत उपविजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेकाे छ । त्यस्तै समूह ‘बी’बाट बंगलादेश समूह विजेता र य”एई समूह उपविजेताको रुपमा अन्तिम चारमा स्थान बनाउन सफल भए ।

बुधबार समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गर्दै बंगलादेश अपराजित रहँदै समूह विजेता बन्यो । बुधबारनै भएको खेलमा जापानलाई १०७ रनले पराजित गर्दै युएईले अन्तिम चारमा स्थान बनाएको हो ।

समूह ‘बी’ मा जापान जितविहीन बन्दै पुछारमा रहेर घर फर्कियो । त्यसअघि समूह ‘ए’ बाट अफगानिस्तान र नेपाल बाहिरिएका थिए । नेपाल भने प्रतियोगितामा जितविहीन बन्दै प्रतियोगिताबाट बाहिरिंदा समूह ‘बी’ बाट श्रीलंका र जापान प्रतियोगिताबाट बाहिरिए ।

प्रतिक्रिया