सोमबार, वैशाख १५, २०८२

नेपाल सुपर लिग : काठमाडौंमाथि वीरगञ्ज ४–१ को फराकिलो जित

नेपालखोज २०८० पुष ५ गते १९:३५

काठमाडाैं । नेपाल सुपर लिगमा वीरगञ्ज युनाइटेडले डिफेण्डिङ च्याम्पियन काठमाडौं रेजर्समाथि जित हासिल गरेकाे छ ।त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा वीरगञ्जले काठमाडौंमाथि ४–१ को फराकिलो जित हात पारेको हो । यो जितसँगै वीरगञ्जको प्ले अफको सम्भावना कायमै राखेको छ ।

पाँचौं स्थानमा रहेको काठमाडौं रेजर्स पुछारमा रहेको वीरगञ्ज युनाइटेडसँग ४–१ गोल अन्तरले पराजित भएपछि प्लेअफ होड रोमाञ्चक बनेको हो ।

शीर्ष स्थानमा रहेको पोखरा थन्डर्सबाहेक अरु ३ टिमको होड खुला जस्तै र हेको छ । काठमाडौंलाई पराजित गरेको वीरगञ्ज ८ अंकसहित तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

पराजित भएको काठमाडौं ९ अंकसहित पाँचौं स्थानमा रहेको छ । अब अन्तिम खेलबाट प्लेअफको टुंगो लाग्ने अवस्था आएको छ ।

प्रतिक्रिया