एनएसएल : पोखरालाई पेनाल्टीमा हराउँदै धनगढी फाइनलमा
नेपालखोज
२०८० पुष ९ गते २०:४८

काठमाडाैं । पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा हराउँदै धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल)को फाइनल प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेल निर्धारित ९० मिनेटकाे खेल १–१ गाेलकाे बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएकाे थियाे ।
अतिरिक्त समयमा पाेखरा र धनगढीले १–१ गाेल गर्दै खेल २–२ काे बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे ।
जितसँगै फाइनलमा स्थान बनाएको धनगढीले अब उपाधिका लागि दोस्रो क्वालिफायर विजेतासँग खेल्नेछ । धनगढीसँग हार बेहोरेको पोखराले भने अब दोस्रो क्वालिफायरमा इलिमिनेटर विजेतासँग खेल्ने छ । प्लेअफको इलिमिनेटरमा साविक विजेता काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया