ललितपुर एनएसएलको क्वालिफायरमा
नेपालखोज
२०८० पुष १० गते १९:४०

काठमाडौं । डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सलाई ३-० ले हराउँदै ललितपुर सिटी नेपाल सुपर लिग एनएसएलको क्वालिफायरमा पुगेको छ ।
दशरथ रंगशालामा भएको खेलमा ललितपुरलाई जिताउन इमोह इजेकेलले २ तथा पापा इबोउले १ गोल गरे ।
इमोह इजेकेलले ३६ औं मिनेटमा गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए । पापा इबोउ केबेले हानेको प्रहार काठमाडौंका किपर अन्जल महर्जनले पूर्ण रुपमा क्लियर गर्न नसक्दा रिबाउण्डमा अनमार्क रहेका इमोहले गोल गरे ।
यस्तै ४४ औं मिनेटमा पापा इबोउ केबेले रिबाउण्ड बललाई गोल गर्दै अग्रता २-० बनाए ।
फाइनल प्रवेशका लागि क्वालिफायरमा अब ललितपुरले पोखरा थन्डर्ससँग बिहीबार खेल्ने छ ।
लिग चरणमा शीर्ष स्थानमा रहेको पोखरा पहिलो क्वालिफायरमा धनगढी एफसीसँग टाइब्रेकरमा पराजित भएको थियो । बिहीबारको खेलको विजेताले उपाधिका लागि शनिबार धनगढी एफसीसँग खेल्ने छ ।
सम्बन्धित
प्रतिक्रिया