सोमबार, वैशाख १५, २०८२

चीनले अनुदानमा दिएको ४० लाख कोरोना खोप नष्ट गरिंदै

नेपालखोज २०८० पुष १७ गते ६:०७

काठमाडौं । चीन सरकारले नि:शुल्क दिएको कोरोना भाइरसविरुद्धको सिनोभ्याक खोपको ४० लाख मात्रा प्रयोग नगरी म्याद सकिएको छ ।

समयमा प्रयोग नगरेका कारण ४० लाख मात्रा खोप खेर गएको हो । चीन सरकारको अनुदानमा २०७८ वैशाख १२ र १४ गते दुई पटक गरी ४० लाख खोप नेपाललाई प्राप्त भएको थियो ।

बुस्टर डोजका रुपमा प्रयोग गर्न नमिल्ने भएपछि साढे दुई वर्षदेखि स्वास्थ्य सेवा विभागको केन्द्रीय भण्डारणमा यी खोप थन्किएको छ । खोपको म्याद पुस ७ गतेसम्म थियो । अब खोपको म्याद पनि गुज्रिसकेकाले सरकारले नष्ट गर्न लागेको हो ।

परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा. अभियान गौतम प्राविधिक कारणले गर्दा खोप प्रयोग गर्न नसक्ने अवस्थामा पुगेको बताउँछन् ।

प्रतिक्रिया