पोखरीमा डुबेर २ वर्षीय बालकको मृत्यु
नेपालखोज
२०८० पुष २० गते १५:००

नवलपरासी पूर्व । कावासोती नगरपालिका–१५ बरौलीटार बस्ने अरूण थापा मगरको छोरा २ वर्षीय अर्किस थापा मगरको आफ्नै घर नजिक रहेको माछा पोखरीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ ।
डुबेर अशक्त भएका उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया