सोमबार, वैशाख १५, २०८२

टी-२० विश्वकपमा नेपाल, दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्सको समूहमा

नेपालखोज २०८० पुष २० गते २०:२६

काठमाडौं । टी-२० विश्वकपमा नेपाल दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स रहेको समूह डीमा परेको छ ।

आज शुक्रबार सार्वजनिक भएको खेल तालिका अनुसार नेपालले टी-२० विश्वकपमा नेपालको पहिलो खेल नेदरल्याण्ड्ससँग खेल्ने छ ।

आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेपालको पहिलो खेल नेदरल्याण्ड्ससँग जुन ४ मा हुनेछ ।

नेपालले दोस्रो खेल जुन ११ मा श्रीलंकासँग तेस्रो खेल जुन १४ मा साउथ अफ्रिकासँग र जुन १६ मा बंगलादेशसँग खेल्नेछ । नेपालले दुई खेल अमेरिकामा र दुई खेल वेष्ट इन्डिजमा खेल्नेछ ।

भारत र पाकिस्तान भने एउटै समूहमा परेका छन् । उनीहरु रहेको समूह एमा आयरल्याण्ड क्यानडा र अमेरिका छन् ।

समूह बीमा इंग्ल्याण्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान छन् । समूह सीमा न्यूजिल्याण्ड, घरेलु टोली वेष्ट इण्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी छन् ।

प्रतिक्रिया