आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
नेपालखोज
२०८० पुष २२ गते १३:३३

काठमाडौं । सुर्खेतको गुर्भाकोट नगरपालिका–२ स्थित चिसापानी कृषि तथा पशुपंक्षी फारममा सिलिण्डरबाट ग्याँस लिक भई गएराति आगलागी हुँदा १ हजार ५ सय वटा बोईलर कुखुरा, २५ बोरा कुखुराको दाना गरी करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
बैतडीको डिलासैनी गाउँपालिका–६ थलाल गाउँ बस्ने पुष्कर थलालको घरमा करेन्ट सर्ट भई शनिबार साँझ आगलागी हुँदा नगद तथा जिन्सी सामान जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया