सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ गोंगबु मित्रनगर १ नम्बर गेट नजिक सडकमा बा.प्र.०३–००१ प ०५०० नम्बरको टिपरले बा.५४ प ५२६६ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकलमा सवार काठमाडौं तार्केश्वर नगरपालिका चिसापानी बस्ने गोरखा घर भएका २५ वर्षीय रन बहादुर तामाङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रि.वि.शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवनको राप्ती नगरपालिका–१ महादेबटारस्थित सडकमा बा.प्र. ०३–००१ ख २५३६ नम्बरको बसमा ना.३९ प ५०४८ नम्बरको मोटरसाइकल ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक रत्ननगर गरपालिका–१ बस्ने ४७ वर्षीय अर्जुन तामाङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया