गुलशनको शतकमा नेपालको विशाल योगफल
नेपालखोज
२०८० पुष २३ गते १८:२५

एजेन्सी । अलराउण्डर गुलशन झाको शतकमा नेपाली यु१९ क्रिकेट अभ्यास खेलमा स्कटल्याण्डलाई २ सय ८५ रनको विशाल लक्ष्य दिएकोछ ।
दक्षिण अफ्रिकामा रहेको नेपालले ४९.२ ओभरमा २ सय ८४ रनमा अल आउट भयो । गुलशनले १ सय १५ बलमा १ सय १४ रनको शतकिय इनिङ खेले । दिपक बोहराले ५४ बलमा ५८ रनमा अविजित रहे ।
जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने विश्वकपमा नेपाल समूह ‘डी’ रहेको छ । नेपालको समूहमा न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान छन् ।
विश्वकप अघि नेपालले अभ्यास खेल खेल्नेछ ।
सम्बन्धित
प्रतिक्रिया