शनिबार, वैशाख १३, २०८२

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

नेपालखोज २०८० पुष २४ गते १३:४५

काठमाडौं । काठमाडौं महानगरपालीका–३२ जडिबुटीस्थित नविना खत्रीको प्रि अफ माईन मसाज सेन्टरमा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा फर्निचर लगायतका विभिन्न सरसामानहरु जलेर करिब २६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

रूपन्देहीको तिलोत्तमा नगरपलिका–५ मणिग्रामस्थित सडकमा बा. १७ च ६४५४ नम्बरको कारमा वायरिङ सर्ट भई सोमबार साँझ आगलागी हुँदा ईन्जिनको आगाडिको भाग जलेर करिब २ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

म्याग्दीको रघुगंगा गाउँपालिका–३ तिल्केनी बस्ने राम बहादुर गुरूङको घरमा सोमबार राति आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको छ । साथै उक्त आगो फैलिएर नजिकै रहेको स देवी छन्त्यालको घरमा समेत आंशिक क्षति भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।

रोल्पाको सुनछहरी गाउँपालिका–४ चैते थान टोल बस्ने ४८ वर्षीय सन्तु कामीको घरमा सोमबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया