सोमबार, वैशाख १५, २०८२

क्यानको जीएम नियुक्तिमा त्रुटी भएको भन्दै अदालत जाने चेतावनी

नेपालखोज २०८० पुष २५ गते १६:४९

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको जनरल म्यानेजर जीएम नियुक्तिमा त्रुटी भन्दै अर्का प्रतिस्पर्धी नवराज कोइरालाले अदालत जाने चेतावनी दिएका छन् ।

जीएमका लागि आवेदन दिएर ११ जनाको सर्टलिस्टमा परेका मध्ये एक नवराज कोइरालाले बुधबार पत्रकार सम्मेलन गर्दै क्यानको पछिल्लो जीएम नियुक्तिको प्रक्रिया सही नभएको भन्दै त्यसलाई नसच्याएर आफू अदालत जाने बताएका हुन् ।

‘अब हामी यो विषयमा क्यानलाई पत्र पठाउनेछौं । ७२ घण्टा भित्र जनरल म्यानेजरको छनोट प्रक्रियामा भएको गल्ती सुधार नगरे हामी क्यान्डिडेटहरु सर्वोच्च अदालत गएर क्यान र क्यानका सचिव विरुद्ध मुद्दा हाल्छौं,’ उनले भने ।

नेपाल क्रिकेट संघ क्यानले सोमबार उत्सव ढुंगानालाई जीएम नियुक्त गरेको थियो ।

प्रतिक्रिया