शुक्रबार, वैशाख १२, २०८२

हुन्डी कारोबारीको आशंकामा करिब १६ लाखसहित महाबौद्धबाट २ जना पक्राउ

नेपालखोज २०८० पुष २९ गते २०:५०

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हुन्डी कारोबारीको आशंकामा महाबौद्धबाट झन्डै १४ लाख रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको चौरीदेउरालीका ३९ वर्षीय भीमसेन गौतम र चितवनको राप्तीका ४२ वर्षीय राजु गौतम रहेका छन् । भीमसेनको साथबाट ८ लाख रुपैयाँ र राजुको साथबाट ७ लाख ७५ हजार रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ ।

राजु महाबौद्धस्थित कुमारी आर्केटमा पसल चलाउँदै आएका व्यक्ति हुन् ।

प्रतिक्रिया