शुक्रबार, वैशाख १२, २०८२

आशुतोषको सानदार शतकमा बागमतीले कोशीलाई दियो २७४ रनको लक्ष्य

नेपालखोज २०८० माघ ५ गते १४:००

काठमाडौं । ओपनर आशुतोष घिरैयाको सानदार शतकमा बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशलाई २७४ बलियो लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वागमती ४८.३ ओभरमा २७३ रनमा अल आउट भयो ।

बागमतीका ओपनर आशुतोष घिरैयाले १ सय ११ बलमा १६ चौका र २ छक्कासहित १ सय १८ रनको सानदार शतकीय इनिङ खेले । उनको यो करिअरको पहिलो शतक हो ।

बायाँ हाते तीव्र गतिका बलर कमल खत्रीको ३० औं ओभरको दोस्रो बलमा एज लागेर टियु एन्डतर्फ थर्डम्यानमा चौका हान्दै उनले ९९ बलमा आफ्नो करिअरको पहिलो शतक पूरा गरेका थिए ।

प्रतिक्रिया