शुक्रबार, वैशाख १२, २०८२

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

नेपालखोज २०८० माघ ७ गते १५:३३

काठमाडौं । सिरहाको गोलबजार नगरपालिका–७ स्थित सडकमा को.१ ख ७०९५ नम्बरको ट्याङ्करको ठक्करबाट साइकलयात्री मिर्चैया नगरपालिका–११ सोनीगढबा बस्ने ३५ वर्षीय ज्ञानु माझीको शनिबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरीको जलेश्वर नगरपालिका–८ बज्राहीमा प्रदेश २–०२–००१ च ०७१० नम्बरको कार र प्रदेश २–०२–००४ प ८०६६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक एकडारा गाउँपालिका–५ बहेडा बस्ने ४० वर्षीय पंकज कुमार रायको मृत्यु भएको छ । दुर्घटनमा गम्भीर घाइते भएका उनको जानकी हेल्थ केयर अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

पर्साको वीरगंज महानगरपालिका–१५ आयुर्वेदिक चोकमा प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला

कञ्चनपुरको बेदकोट नगरपालिका–३ ओझाखाली बस्ने ४५ वर्षीय जयराम डगौरा आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ सिक्रेटार बस्ने ४६ वर्षीया कमला आङ्देम्बे सोही ठाउँस्थित नालीमा शनिबार मृत अवस्थामा फेला परेका छन् । सप्तरीको कंचनरुप नगरपालिका–१२ स्थित माथिलो मैना तर्क जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया