६१ किलो सुन प्रकरणका आरोपी चलाउनेविरुद्ध डिफ्यूजन नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार

काठमाडौं । मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाएर तस्करी भएको ६१ किलो सुन प्रकरणमा जोडिएका जीवन चलाउनेविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) बाट डिफ्यूजन नोटिस जारी हुने भएको छ ।
प्रहरी महानिरीक्षकको नेतृत्वमा हुने इन्टरपोलको नेशनल कन्ट्रोल ब्यूरो (एनसीबी), काठमाडौंले इन्टरपोल महासचिवालयलाई चलाउनेविरुद्ध डिफ्यूजन नोटिस जारी गर्न पत्राचार गरेको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले गृह प्रशासनले चलाउनेलाई भगाएको आरोप लगाउँदै आएका थिए । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पनि लामिछानेले चलाउनेको विषय उठाएका थिए ।
दबाबका बीच चलाउनेको खोजीका लागि इन्टरपोलमा ड्यूजन नोटिस जारी हुन लागेको हो । यो नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्र मुलुकहरुमा चलाउने भएको वा नभएको लोकेट हुनेछ, त्यसपछि उनलाई डिपोर्ट गराएर नेपाल ल्याउने प्रक्रिया थालिने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया