शनिबार, वैशाख १३, २०८२

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

नेपालखोज २०८० फागुन २१ गते १२:३६

काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ निमाने बस्ने राम बहादुर बुढाथोकीको घरमा आइतबार दिउँसो आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा, काठपात, भाँडावर्तन, नगद १० हजार रूपैयाँ गरी करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

काठमाडौं महानगरपालिका–७ मित्रपार्कस्थित सडकमा प्रदेश.३–०१–०२३ च ५२०३ नम्बरको कारमा गुडिरहेको अवस्थामा आइतबार साँझ आगलागी हुँदा कारको अगाडिको बम्पर लगायत ईन्जिनको भाग जलेर क्षति भएको छ । यसैगरी काठमाडौंको कागेश्वडरी मनोहरा नगरपालिका–८ बालुवाखानीमा हाल नम्बर नखुलेको बिग्रेको अवस्थामा राखिएको न्यू बुद्ध प्रकास सेकेन्डरी स्कुलको बसमा आइतबार राति आगलागी हुँदा बस आशिंक रूपमा क्षति भएको छ ।

नवलपरासी पूर्वको देवचुली नगरपालिका–१४ पशुपतीमार्गस्थित सडकमा ग.१ च १७१२ नम्बरको कारमा गुडिरहेको अवस्थामा आइतबार दिउँसो आगलागी हुँदा कारको अगाडिको भाग जलेर क्षति भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया