शनिबार, वैशाख १३, २०८२

करिब दुई हजार बोरा चिनी र केराउ बरामद

नेपालखोज २०८० फागुन २२ गते १४:२२

काठमाडौं । पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउंपालिका – १ बरुवाबाट फागुन २१ गते सशस्त्र प्रहरीले करिब २ हजार बोरा चिनी र केराउ बरामद गरेको छ ।

भारतबाट अबैध रुपमा ल्याइ गोदाम गरिएको भन्ने बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण पश्चिम नवलपरासीले उक्त चिनी र केराउ बरामद गरेको हो । स्था

निय श्याम भनिने ज्ञानु अर्यालको घर पछाडी गोदाममा लुकाइराखेको ५० र ३० किलोको बोरामा रहेको २ सय बोरा भन्दा बढी चिनी र १ हजार ७ सय बोरा भन्दा बढी केराउ रहेको छ । करिब ४५ लाख मूल्य भन्दा बढिको अनुमान गरिएको चिनी र केराउ सो ठाउँमा अबैध भन्डारण गरी नक्कली कागजपत्र बनाएर देशका बिभिन्न ठाउँमा सप्लाइ गर्ने गरेको समेत बुझिएको छ ।

यसैगरी पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका ५ वनकट्टीबाट फागुन २२ गते विहान ६७ बोरा प्याज सशस्त्र प्रहरीले बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याएर एक घरमा लुकाई छिपाई राखिएको अवस्थामा नं. २६ गण पश्चिम नवलपरासीले नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले ५० किलोको बोरामा रहेको उल्लेखित प्याज बरामद गरेको हो । बरामद चिनी, केराउ र प्याज आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासीमा बुझाउने प्रक्रियामा रहेको छ ।

प्रतिक्रिया