मंगलबार, वैशाख १६, २०८२

नेपाल जारी साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

नेपालखोज २०८१ भदौ ४ गते १८:४६

काठमाडाैं । नेपाल घरेलु मैदानमा जारी साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकाविरुद्ध २–० को जित निकाले हाे ।

यसअघि समूह एको पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको थियो । बंगलादेशले पनि श्रीलंकालाई हराएपछि दुवै टोलीले समूहको अन्तिम खेल अघि नै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।

लगातार दुई हारपछि श्रीलंका भने समूह चरणबाटै बाहिरिएको छ । अब बिहीबार नेपाल र बंगलादेशबीचको खेलले समूह एको विजेताको टुङ्गो लाग्नेछ ।

प्रतिक्रिया