शनिबार, वैशाख १३, २०८२

५१ अंकले घट्याे नेप्से, पाँच अर्ब ९३ करोडको काराेबार

नेपालखोज २०८१ पुष १ गते १५:४८

काठमाडौं । साताको दोस्रो कारोबारको दिन शेयर बजार परिसूचक नेप्से ५१.३७ अंकले घटेको छ । आज नेप्से ५१.३७ अंकले घटेर २६ सय ३०.९१ बिन्दुमा रोकिएको हो ।

नेप्सेमा आज ३०४ वटा कम्पनीको ६७ हजार ६४८ पटकको कोराबारमा एक करोड २७ लाख ४५ हजार ७७७ कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ९३ करोड ५६ लाख चार हजार ८४७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको शेयर कारोबार भएकोमा १३ वटै समूहको सूचक घटेर नेप्से पुरै रातो भएको छ । जसमध्ये वाँणिज्य बैंक समूहको सूचक २१.३२ अंकले घटेर १४६.५० अंकमा झरेकोमा विकास बैंक समूहको सूचक ११५.८२ अंकले घटेर पाँच हजार ५७३.७३ अंकमा झरेको छ ।

फाईनान्स समूहको सूचक १४३ .७६ अंकले घटेर तीन हजार ११५ .७६ अंकमा झरेकोमा जलबिद्युत समूहकौ सूचक ८३.९३ अंकले घटेर तीन हजार ४६२.७४ अंकमा झरेको छ ।

यसैगरी जिवन बिमा समूहको सूचक २३५.६९ अंकले घटेर १२ हजार ७००.७२ अंकमा झरेकोमा निर्जीवन बिमा समूहको सूचक पनि १८२.४४ अंकले घटेर १२ हजार ६३९.१३ अंकमा झरेको छ । यि बाहेक होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक क्रमश: १५३ .४३, १.६०, ७९.८१, ९२.३०, शुन्य.१९, २८.९० र १७५.५० अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा कुथेली बुखारी स्मल हाईड्रोपावर लिमिटेड कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा जानकी फाईनान्स परेको छ ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीको सुचीमा भने पहिलो स्थानमा एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड परेको छ ।

प्रतिक्रिया