रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी

मस्को । युक्रेनी ड्रोन र छिमेकी रूसी क्षेत्रमा क्षेप्यास्त्र आक्रमण हुँदा रूसी तेल प्रशोधन केन्द्रमा आगलागी भएको छ । रूसको दक्षिणी रोस्तोभ क्षेत्रमा ‘शत्रुले ठूलो आक्रमण गरेको’ स्थानीय गभर्नर युरी स्ल्युसरले बिहीबार टेलिग्राममा उल्लेख गरेका छन् । उनले भने, ‘आक्रमण गरिएको रोस्तोभ क्षेत्रमा तीन दर्जनभन्दा बढी युएभी र तीन वटा क्षेप्यास्त्र तैनाथ गरिएको छ ।’
आक्रमणपछि रूसी हवाई प्रतिरक्षा सेवा यस क्षेत्रका धेरै शहरहरूमा सक्रिय गरिएको छ । उनले भने, ‘अधिकांश हवाई लक्ष्यहरू निष्प्रभावी भए तापनि तेल प्रशोधन केन्द्रमा आगलागी भएको तर यसलाई रूसी अधिकारीले करिब एक घण्टापछि नियन्त्रणमा लिएका छन् । उनले रोस्तोभ नजिकैको एउटा गाउँमा ड्रोनका टुक्रा खस्दा एक जना घाइते भएको पनि बताउनुभएको छ । रूसको रक्षा मन्त्रालयले बिहीबार भनेको छ, “किएभले विमानको प्रयोग गरेर आतङ्कवादी हमला गर्ने प्रयास गरेको थियो तर यो विफल भएको छ ।’
रुसको हवाई प्रतिरक्षा प्रणालीले रोस्तोभ क्षेत्रसहित देशभरका ८० भन्दा बढी ड्रोन नष्ट गरेको छ । रुसको सीमावर्ती क्षेत्रमा युक्रेनी आक्रमण हुने गरेको छ भने गत हप्ता रोस्तोभ र पश्चिमी ब्रायन्स्क क्षेत्रलाई लक्षित गरी दुई छुट्टाछुट्टै आक्रमण भएका थिए। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार वार्षिक पत्रकार सम्मेलन आयोजना गर्ने क्रममा पछिल्लो आक्रमण भएको हो । रासस
प्रतिक्रिया