शनिबार, वैशाख १३, २०८२

दोहोरो अंकले घट्यो नेप्से, ९ अर्ब १२ करोडको शेयर कारोबार

नेपालखोज २०८१ माघ १३ गते १५:२६

काठमाडौं । नेप्से दोहोरो अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से १०.४१ अंंकले घटेर २ हजार ६४३.९३ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि ३.२० अंकले घटेर ४४३.६० अंकमा पुगेको छ ।

आज ३१८ कम्पनीको ९४ हजार ८१३ पटकको कारोबारमा एक करोड ५७ लाख २० हजार ३६७ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम ९ अर्ब १२ करोड ८६ लाख ७३ हजार ५१४ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ समूहको शेयर कारोबार हुँदा आठ वटा समुहको सुचक घटेपनि पाँच वटा समूहको सूचक भने बढेका छन् । ति मध्ये वाणिज्य बैंक समूहको सूचक १२.०२ अंकले घटेर १३३८.७१ अंकमा पुगेको छ ।

जिवन बिमा समूहको सूचक ७९.७६ अंकले घटेर १२ हजार ९९४.५४ अंकमा पुगेको छ । निर्जीवन बिमा समूहको सूचक ८६.८७ अंकले घटेर १२ हजार ७०२.०९अंकमा पुगेकोमा फाइनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक र व्यापार समूहको सूचक घटेका छन् ।

विकास बैंक समूहको सूचक भने ३३.२४ अंकले बढेर पाँच हजार ५९४.२१ अंकमा पुगेको छ भने जलबिद्युत समूहको सूचक २०.०८ अंकले बढेर तीन हजार ७२६.७० अंकमा पुगेको छ । यसैगरी लघुवित्त, सामुहिक लगानी कोष र अन्य समूहको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज उपकार लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा बोटर्लस नेपाल बालाजु लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको भने आज सबै भन्दा बढी रकम कारोबार भएको छ ।

प्रतिक्रिया