बैंकिङ क्षेत्रमा काम गर्दा नयाँ सीप र ज्ञान प्राप्त गर्न सकिन्छ : पूर्व कार्यकारी निर्देशक थापा

काठमाडौं । राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले नेपाल सरकार अन्तर्गतको बैंकिङ क्षेत्रमा काम गर्दा नयाँ सीप र ज्ञान प्राप्त गर्न सकिने बताएका छन् ।
उडान शैक्षिक केन्द्रको आयोजनामा नेपाल सरकार अन्त्रगतको राष्ट्रिय वाणिज्य बैंकको बैंकिङ सेवामा प्रवेश गरेका विद्यार्थीलाई बधाई तथा सम्मान कार्यक्रममा उनले बैंकिङ क्षेत्रको विश्व अहिले धेरै चुनौतीपूर्ण र प्रतिस्पर्धात्मक हुँदै गएकाले काम गर्ने कर्मचारीले नयाँ प्रविधिको प्रयोग गर्न आग्रह गरेका हुन् ।
उनले भने, ‘काम गर्दा तपाईँहरूले केवल बैंकिङ प्रणालीका आधारभूत सीप मात्र होइन, अपार नवीनतम प्रविधिहरू र आर्थिक विश्लेषणका विविध पद्धतिहरू पनि सिक्ने अवसर पाउनुहुनेछ ।’
उनले प्रविधिको प्रभाव र यसको महत्त्वलाई सम्बोधन गर्दै प्रविधिको युगमा बैंकिङ क्षेत्रका लागि नयाँ अवसर र चुनौती आएको बताए ।
थापाको भनाइ अनुसार, बैंकिङ क्षेत्रमा भविष्यका अवसर र चुनौतीलाई स्विकार्दै नयाँ सीप र प्रविधिको उपयोग गर्न आवश्यक रहेको छ ।
प्रतिक्रिया