बर्ली एयर कूलर नेपालमा भव्य रूपमा लन्च काठमाडौं

काठमाडौं । भारतको सबैभन्दा ठूलो इक्विपमेन्ट म्यानुफ्याक्चरर बर्ली होम एप्लायन्सले नेपालमा आधिकारिक रूपमा १७ आधुनिक एयर कुलर सार्वजनिक गरेको छ । यो भव्य कार्यक्रम १७ मार्च २०२५, सोमबारका दिन काठमाडौंको भिवान्ता होटलमा आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख व्यापार साझेदार, सञ्चारकर्मी र वितरण सञ्जालका प्रतिनिधि सहभागी भए ।
कार्यक्रममा उत्पादित वस्तुको अनावरण सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्मा द्वारा गरियो। कार्यक्रममा बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माले नेपालमा सार्वजनिक गरिएका उत्पादनको विशेषता र भविष्यमा बर्लीको थप नयाँ उत्पादन पनि नेपालमा प्रस्तुत गर्ने योजनाबारे चर्चा गरे ।
बर्लीका उत्पादन उपयोगमा सरल, सुलभ मूल्यमा उपलब्ध र ग्राहकको लागि उच्च मूल्य प्रदान गर्ने ख्याति राख्दछन्। बर्लीले नेपाली बजारमा प्रवेशसँगै सीजी इलेक्ट्रोनिक्सलाई आफ्नो आधिकारिक एकमात्र वितरकको रूपमा नियुक्त गरेको छ । यो सहकार्यले उच्च गुणस्तर, किफायती मूल्य, र उपयोगमैत्री समाधान नेपाली ग्राहकको पहुँचमा पु¥याउने उद्देश्य राखेको छ र यो सहकार्य आगामी दिनमा अझ विस्तार र सुदृढ हुने अपेक्षा गरिएको छ ।
यो कार्यक्रम बर्लीको गुणस्तर, नवीनता र नेपाल बजारमा कम्पनीको भविष्यको योजनाको प्रतिबद्धतालाई झल्काउने गरी भव्य रूपमा सम्पन्न भएको छ ।
प्रतिक्रिया