नबिल बैंकका प्रमुख कार्यकारी ढुंगाना दिए राजीनामा

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले राजीनामा दिएका छन् । गभर्नरको दौडमा रहेका ढुंगानाले नबिल बैंकबाट राजीनामा दिएका हुन् । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका ढुंगानाको पदावधि अझै डेढ वर्ष बाँकी छ ।
’बैंक तथा वित्तीय संस्थामा आबद्ध भइरहेकै अवस्थामा गभर्नर बन्न नमिल्ने र सरकारले गभर्नर नियुक्तिको लागि समिति समेत बनाएपछि सो पदमा उम्मेदवारी दिन बैंकबाट राजीनामा दिएको ढुंगानाले जानकारी दिएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले गभर्नर छनोटको लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ ।
समितिका सदस्यमा पूर्व गभर्नर विजयनाथ भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.विश्व पौडेल छन् । हालका गभर्नर डा. महाप्रसाद अधिकारीको पदावधि चैत २४ गते सकिँदैछ । गर्भनर अधिकारी अहिले बिदामा बसेका छन् ।
प्रतिक्रिया