राजावादीको आन्दोलनले पुर्याएको क्षति उनीहरूबाटै भराउन समाजवादी मोर्चाको माग
नेपालखोज
२०८१ चैत १७ गते ११:५४

काठमाडौं । राजावादीको आन्दोलनले पुर्याएको क्षतिपूर्ति उनीबाटै भराउन समाजवादी मोर्चाले माग गरेको छ ।
आज बिहान माओवादीकेन्द्रको केन्द्रीय कार्यालयमा मोर्चाको बैठकले चैत १५ गतेकाे हिंसात्मक आन्दोलनले पुर्याएको क्षतिको पूर्तिका लागि सरकारसँग आग्रह गरिएको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले बताए । त्यसका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको उनले बताए ।
मोर्चाले गणतन्त्रका पक्षधरसँग अन्तरक्रिया र निरन्तर परामर्श गर्ने निर्णय पनि गरेको उनले बताए ।
सम्बन्धित
प्रतिक्रिया