रविको ज्यान खतरामा रहेको भन्दै रास्वपाले बुझायो आयोगलाई ज्ञापनपत्र
नेपालखोज
२०८१ चैत २६ गते १३:११

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको ज्यान खतरामा रहेको भन्दै मानवअधिकार आयोगमा ज्ञापनपत्र बुझाइएको छ ।
पार्टीको तर्फबाट आज प्रमुख सचेतक सन्तोष परियार, पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी, सांसद गणेश पराजुलीसहितको टोलीले मानव अधिकार आयोगका अध्यक्षलाई भेटेर ध्यानार्षण पत्र बुझाएका हुन् ।
‘सभापति रवि लामिछानेज्यूमाथि भएको प्रहरी ज्यादती र मानव अधिकार हननको घटनाविरुद्ध पार्टीको तर्फबाट उहाँको मानव अधिकार रक्षार्थ राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिइएको हो’, उनले भने ।
सम्बन्धित
प्रतिक्रिया