प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त
नेपालखोज
२०८१ चैत २९ गते ५:१८

काठमाडौं । सभामुख देवराज घिमिरेले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनपछि एक स्थान रिक्त भएको जानकारी दिएका छन् । प्रतिनिधिसभा सदस्य बोहराको यही चैत १९ गते निधन भएको थियो ।
नेपालको संविधानको धारा ८९ को खण्ड च बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान रिक्त हुनआएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१५ को उपनियम २ बमोजिम सूचना प्रकाशित गरिएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले उल्लेख गरेका छन् । सांसद बोहोराको उपचारका क्रममा निधन भएको थियो । रासस
सम्बन्धित
प्रतिक्रिया