अहिले जनतामा देखिएको असन्तुष्टिलाई समयमा नै सम्बोधन नगरे जटिलता उत्पन्न हुन्छ : नेता कोइराला
नेपालखोज
२०८१ चैत २९ गते १४:३३

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिले जनतामा देखिएको असन्तुष्टिलाई समयमा नै सम्बोधन नगरे जटिलता उत्पन्न हुने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका कोइरालाले जनतामा देखिएको असन्तुष्टि सडकमा देखिएको भन्दै त्यसलाई समयमा नै सम्बोधन नगरे थप जटिलता उत्पन्न हुने बताए ।
मुख्य प्रतिष्पर्धी एमालेसंग सहकार्य गरेर कांग्रेस सरकारमा गएको भन्दै कोइरालाले सरकारलाई निरन्तर खवरदारी गर्नुपर्नेमा जोड दिए । सरकार असफल भए कांग्रेस अप्ठेरोमा पर्न सक्ने उनको भनाइ छ । उनले अहिले सुशासन कायम गर्न नसकेको र दण्डहिनता बढ्दै गएकाले नियन्त्रण गर्न जरुरी रहेको उल्लेख गरे ।
त्यस्तै उहाले संविधान संशोधन वा पुनरावलोकनमा ढिलाई गर्न नहुने बताए ।
सम्बन्धित
प्रतिक्रिया